२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, ३१ जेठ । नेपाली कांग्रेसले शिक्षकलाई पनि निजामतीसरहकै सुविधा दिन कांग्रेसको माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसको शिक्षा विभागले यस्तो माग गरेको हो ।

कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पाैडेलद्वारा जारी विज्ञप्तिमा आगामी आर्थिक वर्षको बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब र अन्य सुविधामा भेदभाव गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘अध्यादेश मार्फत ल्याईएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा तथा सुविधामा नेपाल सरकारले विभेद गरेकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ,’उक्त बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक वरावरको रकमसहित पर्यटन काज उपलब्ध गराउने साथै निजामती कर्मचारीलाई रू. १० लाखको सामुहिक दुर्घटना बिमा र रु. १ लाखको स्वास्थ्य बीमा प्रिमियम बापतको रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था गरिएको उल्लेख छ ।’

यी दुवै सेवा तथा सुविधाबाट शिक्षक तथा प्राध्यापकलाई वन्चित गरेकोमा खेद प्रकट गर्दै कांग्रेसले नेपाल सरकारलाई यस्तो विभेदको अन्त्य गर्न आग्रह गरेको छ । ‘ नेपाल सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोलनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको परिपाटिको अन्त्य गर्दै भविश्यमा यस्तो विभेदकारी स्थितीको अन्त्य गर्ने व्यवस्था मिलाउन आग्रह गरिन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!