
विराटनगर, १६ असार । चार वटा विद्यार्थी संगठनले विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरेका छन् । बुधबार विराटनगरको तीनपैनी चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन् ।
दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघ, एमाले नेता माधव नेपाल निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्दै प्रदर्शन गरेकाे अनेरास्ववियुका नेता ओसिम आलमले जानकारी दिए । संगठनको केन्द्रीय निर्णय अनुसार देशभर प्रदर्शन भएको उनले बताए ।