
विराटनगर, १८ असार । गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीका अवसरमा मजदुरहरूलाई लक्षित गरी शुक्रबार विराटनगरका विभिन्न चोकहरूमा मास्क र सेनेटाइजर वितरण गरिएको छ ।
जिपी कोइराला फाउन्डेसन मोरङ शाखाले पुष्पलाल चोक र बरगाच्छी चोकमा कार्यक्रम गरी मास्क र सेनेटाइजर वितरण गरेको हो । अधिकांश मजदुरहरू मास्क नलाइ हिँड्ने गरेकोे पाइएसँगै ती स्थानमा कोरोना संक्रमण र यसले पार्ने प्रभावका विषयमा समेत जनचेतनामूलक कार्यक्रमसमेत गरिएको फाउन्डेसन अध्यक्ष कौशल निरौलाले जानकारी दिए ।
उनले एक जनालाई ५० पिस मास्क र सेनेटाइजर प्रदान गरिएको बताए । मजदुरहरू भित्रने मुख्य नाका पुष्पलाल चोक, बरगाछीमा पहिलो चरणमा कार्यक्रम राखिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस युवा नेता दीपक चापागाईं, सामाजिक अभियन्ता सावित्री आचार्य, फाउन्डेसन मोरङ उपाध्यक्ष पुनम सिंह, सचिव सन्तोष पोखरेल, सहसचिव अन्जु दाहाल, कोषाध्यक्ष नमिता आचार्य, सदस्य सन्जय मण्डल, नम्रता बिमली, फाउन्डेसन नगर सहसचिव लिला ढुङ्गेल, फाउन्डेसन युवा कार्यदलका अध्यक्ष अंकित पोखरेल, उपाध्यक्ष साइच्छा थापा, सचिव सुवास सापकोटा (डेनी), सदस्य सुरज नेपाल, सविन भट्टराईलगायतको सहभागीता रहेको थियो ।
यस्तै जिपी कोइराला फाउन्डेसन युवा कार्यदल विराटनगरले आफ्नोे स्थापनाको १ वर्ष पूरा गरेकोे अवसरमा शनिबार स्थापना दिवस मनाउने भएको छ ।