२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरको आलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन भएको छ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे कार्यालयको उद्घाटन गरेको हो ।

झण्डै दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको विषयमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष नेपालले यस विषयमा एक हप्ताभित्र टुंगो लाग्ने बताए। असोज ४ गते प्रतिनिधिसभाको बैठक बस्दैछ, आशा गरौं, एक हप्ताभित्र सरकार र सदनलगायत सबैको टुङ्गो लाग्छ, नेकपा (एस) का अध्यक्ष नेपालले बताएको छ ।

कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा (एस) देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गरेको छ । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउदै उनले नेकपा (एस) नवीन सोच र मान्यताका साथ अघि बढ्ने बताएको हो । नेपाल नेतृत्वको नेकपा (एस) क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवावर्गमा आशा देखाएको उनले बताए ।

पार्टी र आन्दोलनको रक्षामा सधै समर्पित हुने बताउनुहुँदै नेता नेपालले राजनीतिक तथा सबै क्षेत्रमा देखिएको विकृति र विसङ्गति हटाउन दृढतापूर्वक उभिने बताएको छ । यसैक्रममा आगामी दिनमा सत्ता पक्षसँग सामेल भएरै अगाडि बढ्ने र सातै प्रदेशको सरकार सञ्चालनमा सहभागी हुने अध्यक्ष नेपालले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!