२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । मैथिल संचारकर्मी संघले सक्रिय संचारकर्मीहरुलाई प्रदान गर्नेगरि पुरस्कार स्थापना गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङमा शनिबार बसेको संघको बैठकले रामपरी साह संचारकर्मी प्रोत्साहन पुरस्कार स्थापना गरेको हो । संघका सचिव विरेन्द्र कुमार साहले आफ्नो हजुरआमा रामपरी साहको स्मृतिमा प्रत्येकबर्ष प्रदान गर्नेगरि पुरस्कारको घोषणा गर्नुभएको छ ।

पुरस्कारको राशी ५ हजार ५१ रुपैया छ । यो पुरस्कार प्रत्येकबर्ष मैथिल संचारकर्मी संघको स्थापना दिवस फागुन २९ गतेका दिन प्रदान गरिने संघका अध्यक्ष नवीन कर्णले जानकारी दिनुभयो । संघमा आबद्ध संचारकर्मीहरुलाई यो पुरस्कार प्रदान गरिने छ ।

आगामी दिनहरुमा थप पुरस्कारहरु घोषणा गरिने संघले जनाएको छ । कार्यक्रममा संघका कोषाध्यक्ष राकेश कर्ण,सदस्यहरु सन्तोष मेहता,शिवम मिश्रा,पवन शाह, हुसैन शेख र उषा सरदार लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!