२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मसीर ४ पछि एमालेले बहुमतको सरकार बनाउने दावी गर्नु भएको छ ।
सुनसरीको दुहवीमा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई बिकास र सम्वृद्धि तर्फ अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । गठबन्धन सरकारले एक बर्षमै देशलाई कंगाल बनाउन लागेको अध्यक्ष ओलीको भनाई छ । एमालेको सरकार बनेपछि लिम्पियाधुरा लिपुलेक,कालापानी सहितको हाम्रो भूभाग फिर्ता लिने प्रक्रिया अघि बढाइने बताउनुभयो । रोकिएका बिकास निर्माणका कार्यलाई सुचारु गराएर देशलाई सम्वृद्ध बनाइने उहाँको भनाई छ ।

एमाले अध्यक्ष ओलीले सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीले दुई पटक जीतेर पनि हार्नु परेको बताउनुभयो । प्रहरी प्रशासन राज्यशक्तिको दुरुपयोग गरेर बाकस साटेर, धाधली गरेर, जीत्दा जीत्दै हराएको दावी गर्नुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीलाई निष्पक्ष हुन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले नेकपा एमालेका कार्यकर्तालाई जनताले दिएको मतको सुरक्षा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “जनताले दिएको मतको सुरक्षा गर्न एमाले कार्यकर्ता गडयौलो जस्तो बन्ने होइन यसो छुने बित्तिकै लुसुक्क पछि सर्ने,दुईवटा दाँत भएको कहिले काँही डस्ने खालको हुनुपर्यो ।”

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर सयौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका छन् । काँग्रेस नेता अशोक केसी,अमडुवाका पूर्व गाविस अध्यक्ष रामसेवक यादव,शोभा देवी ऋषिदेब अमडुवाकी पूर्व वडाध्यक्ष लगायत २ हजार बढि ब्यक्तिहरु एमाले प्रवेश गरेका छन । तीस बर्ष लामो जञ्जिर तोडदै ३६ बर्षको काँग्रेस राजनीति परित्याग गरि एमाले प्रवेश गरेको बताउनुभयो । साविकको सोनापुर गाविस नेपाली काँग्रेसको सभापति रहेका केसीले राष्ट्रप्रेमी ऐतिहाँसिक ब्यक्तित्व केपी शर्मा ओली बाट एमाले प्रवेश गर्न पाउदा आफूलाई गर्व लागेको उहाँले बताउनुभयो । एमाले जत्तिको विकासप्रेमी र शक्तिशाली पार्टी कुनै पनि नरहेको केसीले दावी गर्नुभयो । तीस बर्ष सम्म एकै जना ब्यक्तिलाई जीताए पनि सुनसरी ३ ले गति लिन नसकेको उहाँको भनाई छ । नवप्रवेसीलाई पार्टीका अध्यक्ष ओली सहित पार्टीका बिभिन्न तहतप्काका नेता तथा कार्यकर्ताले फुल, माला, खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!