२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

आलु खेतीको बिस्तार

आलु तराई तथा भित्री मधेशको एक प्रमुख नगदे तरकारी बाली हो आज भन्दा ३० वर्ष पहिलेसम्म नगन्ने रुपमा आलु खेती गरिने तराई भू-भाग हाल नेपालको आलु खेती गरिने कुल क्षेत्रफल १,९०,२५० हेक्टर (ASPD २०१२)  को ३७ प्रतिशत भू(भाग यसैमा पर्दछ । यहाँ दिन प्रति दिन खेतीको विस्तार कार्य भईरहेको छ ।

मध्यमाञ्चलको तराईमा मात्र पनि २२,६३५ हेक्टरमा खेती भई ३,५६,०३७ टन उत्पादन भई सरदर प्रति हेक्टर उत्पादन १५ .७३ टन पुग्दछ । यो नेपालमा आलु खेती गरिने कुल क्षेत्रफलको १० प्रतिशत भू-भाग पर्दछ । यसरी दिन प्रतिदिन तराई क्षेत्रमा आलु खेतीको विस्तार हुनुमा प्रमुख देन बीउ आलुको नै छ । पहिला पहिला तराईमा गुणस्तरिय बीउ आलु उत्पादन गर्ने प्रविधि (Seed Plot Technique) थिएन र उच्च पहाड़ी क्षेत्र लेक) बाट हरेक वर्ष बीउ आलु ल्याई खेती गरिने चलन थियो। जसले गर्दा समयमा बीउ आलु प्राप्त नहुने, बीउ आलु प्राप्त भएता पनि उपयुक्त उमेरको बीउ नहुने अर्थात शुषुप्तावस्था पुरा नभइसकेको र उपयुक्त जात नहुने कारणले आलु खेती फस्टाउन सकेको थिएन तर हाल बीउ आलु उत्पादन प्रविधि तथा अंग्रेजीमा (Seed Plot Technique) बाट तराईमा कृषककै जग्गामा कृषक आफैले केही उन्नत तरिका अपनाएर स्वस्थ बीउ आलु उत्पादन गर्ने कार्य संभव भएको छ ।

तराईमा प्रायस, आलु खेती गर्ने कृषकहरु आफूसँग भएका आलुहरु मध्य ठूलाठूला साईजका खायनमा बिक्री गरी तथा खानमा प्रयोग गरी समाना आलका दाना मीडका रूपमा राख्ने गर्छन् भाइरस रोग लागेका आलुका बोटमा फल्ने आलुका दाना प्रायसः साना हुने र सो रोग बीउबाट सर्ने हुनाले साना बीउ आलुमा भाइरसको प्रबल संभावना पनि हुन्छ । खायन आलु र बीउ आलुको प्लट छुट्टाछट्टै नहुनु तथा कृषि कर्महरुमा पनि कुनै फरक नगर्नाले कडा परिश्रमको बावजुद पनि स्वस्थ बीउ आलु उत्पादन गरी बीउ आलु लगाउन नपाइनाले आशा गरे अनुसार उत्पादन लिन सकेका छैनन् ।

आलु खेतीमा उत्पादनमा असर पार्ने तत्वहरु मध्य २० प्रतिशत भूमिका गुणस्तरिय बीउको रहेको हुन्छ । हाल तराईका पूर्व देखि सुदूर पश्चिमसम्मै सित भण्डारण (Cold store) सुविधा भइसकेकोले आलु खेती गर्न लाग्ने लागतमा ४०-५० प्रतिशत हिस्सा ओगटेको बीउ आलु कृषकले आफै उत्पादन गर्न सकेमा बीउ आलुबाट सर्ने रोगहरु जस्तै कालो खोष्टे (Black scurf) दाद (Common scab) भाइरस, ऐजेंस (Wari) खैरो पिप चक्के (Brown rot) तथा आलुको पुतली आदिवाट वचाउने मात्र नभइ आलु उत्पादन गर्ने लागतमा समेत कमी ल्याई नाफामुलक आलु खेती गर्नमा सहयोग पुग्दछ । त्यसैले तराइमा Seed Plot Technique अथवा बीउ आल उत्पादन प्रविधि बाल खेतीको लागि बरदान नै हो ।

बीउ आलु उत्पादन प्रविधिमा अपनाइने मुख्य मुख्य कर्महरू

खायन आलु खेतीमा गरिने प्रायसः सबै कृषकमहरू जस्तै जग्गाको तयारी, मलखाद, गोडमेल उकेरा, निचाई रोगकीरा नियन्त्रण, खन्ने कार्यहरु बीउ आलु उत्पादनमा गरिने कार्यहरू जस्तै हुन् । यी दुवैमा’ वही आलू उत्पादनमा ध्यान दिइएको हुन्छ तर बीउ उत्पादनमा शुद्ध जान, स्वस्थ रोगरहित आल, बीउ साइजमा समेत विशेष ध्यान स दिइएको इन्द्र । त्यसैले यही उद्देश्य पूरा गर्नको लागि बीउ आलु उत्पादन प्रविधीमा निम्न कुराहरुमा ध्ययान दिनु पर्दछ ।

१. बीउको श्रोतः जातिय शुद्धता र स्वस्थ बीउ आलु उत्पादनको लागि सर्वप्रथम त बीउको श्रोत भरपर्दो स्थानबाट लिनु पर्छ जहाँकी जातिय शुद्धता र स्वस्थ बीउ आलुको निश्चितता हुन्छ बिगत ११ वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषद् आलु बाली अनुसन्धान कार्यक्रम खुमलटारले वर्षेनि २००००० पूर्व-मूल बीउ आलुका दाना उत्पादन गरेर बिक्री बितरण गर्दै आएको छ । ती पूर्व-मूल बीउ आलुबाट कृषि विभाग तथा कृषि अनुसन्धान परिषद् अन्तर्गतका फार्म तथा केन्द्रहरु, देशभरि छरिएर रहेका बीउ आलु उत्पादन समुहहरु तथा जिल्ला कृषि विकास कार्यालयले आफ्ना पकेट क्षेत्रहरुमा बीजवृद्धी कार्यक्रमबाट श्रोत बीउ आलु उत्पादन गरिरहेका छन् । त्यसैले नजिक रहेका ती फार्म, केन्द्र तथा समुहहरुबाट श्रीत बीउ आलु ल्याउनु पर्दछ । अन्य जथाभावी स्थान तथा व्यक्तिबाट बीउ ल्याउन हुन्दैन, किनकी यसबाट उत्पादनमा मात्र कमी आउने नभई जातिय शुद्धता नहुने तथा बीउको साथै रोगकीरा पनि आउने हुन्छ ।

आलुको कालो खोष्ट, नेमाटोड, खैरो पिपचक्के, ऐजेरु, भाइरस, दाद, आलुको पुतली आदि बीउ आलुबाट सर्ने संभावना बढी हुन्छ पहिलो पुस्ताबाट बीउ आलु उत्पादन शुरु गरिएको छ भन, ५-७ पुस्तासम्म बीउ आलु उत्पादन गर्न सकिन्छ त्यसपछि नयाँ पुस्ताका बीउ आलु प्रयोग गर्नु पर्छ। भरपर्दो श्रोतबाट बीउ आलु नपाएमा जुन समुह वा कृषकबाट बीउ आलु खरिद गर्ने हो, बीउको लागि खेती गरिएको बालीमै निरिक्षण गर्नु अति राम्रो हुन्छ, अन्यथा आलुका दानाहरु मात्रै हेरेर यसको गुणस्तरियता स्वस्थता तथा शुद्धता मापन गर्न सकिन्दैन ।

२. बीउ लगाउने समय तथा हावापानी: तराईमा बीउ आलु उत्पादनको लागि लगाउने समय कार्तिकको दोश्रो हप्ताबाट मंसिरको पहिलो हप्ताभित्र हो । यस समयमा लगाएको बालीले आवश्यक हावापानी पाउछ । बालीको लागि आवश्यक १०-१३ घण्टाको प्रकाश अवधि तथा आलुको बोटको उचित वानस्पतिक बुढीको लागि आवश्यक २०-३० सेन्टिग्रेड सरदर हावाको तापक्रम र आलुको दाना बुद्धी र विकासको लागि रातको तापक्रम १८-२० से तथा ६०-७० प्रतिशतको सापेक्षिक आद्रता उपलब्ध हुन्छ ।

३. पृथकता (Isolation): एउटै लिटमा बीउ आलु तथा खायन आलुउत्पादन गर्न हुँर्दैन अन्यथा खावन आ लगाएको लटका तथा कीरा सजिलैसंग सर्ने हुन्छ । त्यसैल सभव भएसम्म कृषकहरु मिलेर बीउ उत्पादन एक स्थानमा गर्नु पर्दछ । यसले गर्दा बीउ आलु उत्पादनको लागि आवश्यक वातावरण तयार हुन्छ । भाइरस सार्ने लाही कीरा सजिलैसंग रोगी बोटबाट उडेर आउन पाउदैन तथा रोग साने अन्य साधन तथा कीरा सजिलै पुग्न पाउँदैन । पहेँलो फूलफुल्ने तोरी बाली सबैको सल्लाहमा बीउ आलु उत्पादन गर्ने थलो वरिपरि लगाउनु हुन्दैन । साधारणतया एकै जात बीच ५ मिटर र खायन आलुबाट २५ मिटर टाढा बीउ आलुका प्लटहरु हुनु पर्दछ ।

४. जग्गाको छनौटः बीउ आलु उत्पादन गर्ने जग्गामा अघिल्लो वाली सोलानासी परिवारका वाली नलगाएको हुनुपर्छ किनभने आलुबाली पनि यसै बालीमा पर्ने हुनाले गोलभेंडा, खुसांनी, भन्टा, सुर्ती जस्ता बालीहरुमा लाग्ने रोग एकैनासका हुन्छन् । ती बालीहरुमा कुनै रोग छ भने त्यसपछि लगाएको आलुबालीमा पनि सर्ने भएकोले ती बाली नलगाएको जग्गा छनौट गर्नु पर्दछ । सिचाईबाट पनि रोग सर्न सक्ने भएकाले बीउ उत्पादन प्लट सिचाईको श्रोत नजिक हुनु पर्दछ अर्थात बीउ उत्पादन प्लट पछि मात्र अन्य खायन आलुमा सिंचित पानी जाने हुनु पर्दछ । राम्रो उत्पादन लिनको लागि बलौटे दूमट माटो राम्रो मानिन्छ ।

५. रोगिङ, बीउ उत्पादनको लागि लगाइएको आलुबालीमा अमिल्दा जात तथा रोगी बोटहरु उखेलेर हटाउने प्रकृयालाई रोगिड (Rouging) भनिन्छ । माथि बताइएका कृषिकर्महरु, बीउको श्रोत, पृथकता, जग्गाको छनोट आदिमा ध्यान दिदा दिदै पनि देखिएका रोग तथा मिसिएका हटाएर अझ जातिय शुद्धता र स्वस्थता कायम गर्न पर्ने यो प्रमुख प्रक्रया हो। कुनै पनि बीउ उत्पादक कृषक जस्तै सिफारिस तथा उन्मोचित आलुका जातहरुकी तन्तु प्रजनन (Tissue culture) प्रविधिवाट फलेका विभिन्न पुस्ताका बीउ आलुको श्रीतबाट या अन्य जातका बीउ आलु उत्पादन गरिएको होस् रोगिड शद बीद आलू उत्पादन गर्ने एउटा प्रभावशाली विधि हो ।

तर रोगिड़ गर्ने व्यक्तिलाई अलका जातिय गुणहरु तथा विभिन्न रोगका लक्षणहरु बोट हेर्ने बित्तिकै थाहा हुनु पर्दछ । यी गुणहरु बिहानी पख सूर्य उदाउने बेला स्पष्ट देखिने तथा छुट्याउन सकिने हुनाले विहानीपख मात्र गर्नु पर्दछ । केही गरि दिनमा गर्नु पर्ने बाध्यता भएमा आफ्नै शरिर तथा अन्य कुनै वस्तुले छेकेर छाया पारेर रोगी तथा अमिल्दा जातका बोटहरु पहिचान गर्नु पर्दछ । रोगिङ गर्ने व्यक्तिले आलुबालीलाई जंगलको रुपमा हेर्नु पर्दछ नकि रुखको रूपमा । त्यसपछि त्यहाँ हरेक बोटलाई हेर्न नगइकन जग्गाको जहां जहाँ तिर एकैनासको बोट नभइ अमिल्दा बोटहरु छन् त्यहाँ गई कारण पत्ता लगाइ रोगिङ गर्नु पर्ने वोट बम्याई रोगिङ कार्य गर्नु पर्दछ । यसरी ठूलो जग्गामा केही बोटहरु मात्र हटाउने प्रकयालाई नेगेटिभ सलेक्सन पनि भन्ने गरिन्छ । यसमा आवश्यक पोजिटिभ (Positive) बोटहरु राखिन्छन् भने अनावश्यक (Negative) बोटहरु छानेर हटाउने कार्य गरिन्छ ।

पहिलो रागिड कार्य बल लगाएको २५ दिनमा अर्थात बीटहरु एक आपसमा नछुदैमा मन पर्दछ, अन्यथा रोगी बोटबाट निरोगी बोटमा भाइरस जस्ता रोगहरु सर्न सक्ने हुन्छ । यस कार्यमा आलका बोटहरु मात्रै नभइ माटो मनि लागेका दानाहरु पनि हटाउनु पदछ बोट आइलाएको (Bacterial wit छ भने यसको दवैतिरको बोट तथा न्यस्मा फलेको आलु समेत हटाउनु पर्दछ। रोगीङ कार्यकै प्रकयामा यदि कनै फिल्डमा रोगिङ गर्नु पर्ने बोटको संख्या स्वस्थ बाँटको संख्या भन्दा बढी छ भने रोगिड़, कार्य गर्दा जग्गाने खाली देखिने हताले सकेसम्म सो जग्गाको बीउ आलुलाई नराख्ने तर राख्नैपर्ने बाध्यता छ भने स्वस्थ शद्ध निरोगी आवश्यक बोटहरूलाई मात्र स-साना लठ्ठीहरू गाडेर चिन्ह राख्ने र बोट फलफल्ने वेलासम्म निरिक्षण गरी छुटटै आलु खन्नु पर्दछ । यो विधिलाइ पोजिटिभ सेलेक्सन (Positive selection) भनिन्छ ।

भरपर्दो श्रोत बीउ आलु नपाइने आलुका जात क्षेत्रमा आलुको गुणस्तर बढाउँदै लैजानको लागि यो बिधि अपनाउनु पर्छ । यस बिधिबाट बेसिक (Basic seed) स्तरको श्रोत बीउ तयार गर्नको लागि आफ्नो पुरानो लटको प्लटबाट निरोगी तथा शुद्ध बोटहरु छानी, आलु जम्मा गरेर हरेक वर्ष दोहऱ्याउँदै जानु पर्दछ । तन्तु प्रजनन विधिको आगमन अगाडि तथा पहुँच नपुगेको स्थानको लागि यो एक वैकल्पिक विधि हो ।

६. आलुबालीको निरिक्षणः बीउ आलुको लागि लगाइएको बालीमा साधारणतया २-३ पटक बाली निरिक्षण गर्नु तथा गराउनु पर्दछ । साधारणतया आलु रोपेको ४०, ६० र ७५ दिनमा यो कार्य गरिनु पर्दछ यो कार्य विषयवस्तुमा राम्रो जान भएको व्यक्ति वा समुहबाट गराउनु पर्छ । कुनै-कुनै रोगी तथा बेजातका बोटहरु पछि मात्र थाहा पाउन सकिने हुनाले यो कार्य शुरु देखि अन्तिम बाली तयार हुने बेलासम्म गर्नु परेको हो ।

कुनै नयाँ क्षेत्रमा बीउ आलु उत्पादन कार्य गरेको छ भने नजिकै रहेका कृषि विकास शाखा, सेवा केन्द्र, फार्म तथा केन्द्रका प्राविधिकहरुबाट निरिक्षण कार्य गराउनु पर्छ । विगतको कृषक समुह मार्फत बीउ उत्पादन कार्यमा समुह भित्रै तालिम प्राप्त कृषकहरुको निरिक्षण टोली गठन गरी निरिक्षण कार्य गराउँदा व्यावहारिक र गुणस्तरिय बीउ उत्पादन भएको पाइएको छ । त्यसैले नेपाल जस्तो देश जहाँ कुनै बीउ प्रमाणिकरण (Seed Cettification System) औपचारिक तरिकाले लागु भएको छैन, त्यहां अनौपचारिक विधि नै उपलब्धिमुलक हुन्छ । रोगी बोटमा पात पहेँलो छिरबिरे (Mosaic). पात माथितिर दीबिएको (PLRV), पहेलो, पुड्को, पात गुचमुच्च परेको, लक्षण छन् भने रोगिङ गर्नु पर्दछ । कुनै कुनै मिसिएको जात, फुलफुले पछि मात्र फुलको रंगले मात्र छुट्टिने भएकोले पछिसम्म पनि रोगि कार्य गर्दै जानु पर्ने हुन सक्छ ।

७. रोगकीराः बीउको लागि खेती गरिएको आलुबालीमा प्रमुख शत्रु नै भाईरस रोग हो त्यसैले भाइरस रोग लागेको बोट देखिनासाथ रोगिङ गर्नु पर्दछ यसको साथै अन्य स्थानबाट यस प्लटमा भाइरस रोग सर्न नपाओस भनि लाही कीराको संख्या अवलोकन कार्य गरिरहनु पर्छ । आलुको ३३ वटा बोटको १०० वटा पातमा २५ वटा लाही कीरा देखिनासाथै लाही कीरानाशक विषादी जस्तैः फेनभालेरेट (Fenvelerate) वा रोगर (Rogor) प्रतिलिटर पानीमा १ मि.लि. का दरले मिसाई छर्नु पर्छ । डढुवा सहन नसक्ने जात लगाइएको छ भने चिसो तथा ओसिलो मौसम र राम्रोसंग घाम लागेको छैन भने दुसिनाशक विषादी डाइथेन एम-४५, २ ग्राम प्रति लिटर पानीको दरले १० दिनको अन्तरालमा छर्नु पर्छ । तर पानी पर्ने गरेको छ भने दैहिक दुसिनाशक विषादी (Radomil/Krylaxil) १.५ ग्राम प्रति लिटर पानीमा १५ दिनको फरकमा छर्नु पर्छ, अन्यथा डढुवा लागेको बोटबाट माटो मुनिको आलुको दानामा पनि रोग सर्न सक्ने संभावना हुन्छ ।

८. हाल्म पुलिङ (Haulm Pulling): आलुको बोटको जमिन भन्दा माथिको भागलाई उखेलेर हटाउने कार्यलाई हाल्म पुलिङ भनिन्छ । बीउ आलु उत्पादन प्रविधिमा आलुका दाना प्रायुः बीउ साइजको (२५-५० ग्राम) मात्र होस, यो भन्दा ठूलो फल्न नपाओस तथा दानाहरुको छाला छिप्पिएको होस भनेर हाल्म पुलिङ कार्य गर्ने गरिन्छ । यो कार्य ड्याङ माथि बोटको दुवैतिर दुई खुट्टा राखी आलुका दाना माटो भित्रै रहने गरी बोट उखेलिन्छ र आलु खन्ने कार्य १०-१५ दिन पश्चात मात्रै गरिन्छ । यति मात्र नभइ आलुको बोटमा लाही कीराको संख्या बढी सकेको अर्थात डढुवा रोगको प्रकोप बढी छ भने हाल्म पुलिङले गर्दा रोग दानामा सार्न पाउंदैन ।

कृषकको स्थानिय आलुबाट गुणस्तरिय श्रोत बीउ आलु तयार गर्ने तरिका

नेपालको कुल आलु खेती गरिएको क्षेत्रको ३५ प्रतिशत भू-भाग मात्र विकसित तथा उन्नत ओलुका जातले ढाकिएको छ । बाँकी क्षेत्रमा स्थानिय जातका आलु लगाउने गरिएको छ । कृषकको बीउ आलु उत्पादन गर्ने प्रविधि तथा आलुका जातको भूमिकाको अभावले उन्नत जातहरु पनि लगाएको केही वर्षमा मिसिएर स्थानिय जात जस्तै बन्ने गरेको छ ।

एउटै प्लटमा दुई वा दुई भन्दा बढी जातहरु त्यो पनि गुणस्तरमा होस भइसकेको आलु खेती गर्ने क्षेत्रहरुमा कृषकले आफै छनौट गरेर स्वस्थ बीउको श्रोत बनाउन सकिन्छ । यसको लागि सर्वप्रथम कृषकले आफूले मन पराएको जात र यसको गुणहरु पहिचान गर्नु पर्दछ । त्यसपछि एउटै जात मानिएका स्वस्थ बोटहरु लेठी गाडेर छान्नु पर्छ । ती छानिएका हरेक बोटको आलु भिन्दाभिन्दै खनेर झोलामा राख्नु पर्छ । यस आलुलाई एन-१ श्रोत बीउ आल भनिन्छ । उक्त हरेक पोकाबाट ५ दाना आलु निकाली भिन्दाभिन्दै इयागमा दूरी बढाएर लगाउनु पर्छ । ती हरेक ड्यागमा बोटहरुको अवलोकन गरी कुनै रोग लागेको भेटेमा हटाई स्वस्थ तथा शुद्ध जातका ड्यागहरुबाट मात्र आलु जम्मा गर्नु पर्छ यो नै एन-२ श्रोत बीउ आलु हो, जुनबाट शुद्ध बीउ आलु उत्पादन गर्न सकिन्छ । यो तरिका जहां श्रीत बीउ आलुको अभाव रहेको छ, उत्पादकत्व कमी छ, त्यस स्थानमा अपनाउन अति जरुरी छ । यति मात्र गर्न सकिए पनि उही मिहेनत तथा कृषि सामाग्रीमा २० प्रतिशत बढी उत्पादन लिन सकिन्छ ।

* आफूलाई चाहिएको स्वस्थ आलुको बीउ आफै बनाऔ”

स्रोत :- नेपाल कृषि अनुसन्धान परिषद्

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!