कीर्तिपुर, २९ मंसिर : राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्र, कीर्तिपुर, काठमाडौंको आयोजनामा बुधबार तरकारी बीउ उत्पादन तथा प्रमाणीकरण सम्बन्धित सरोकारवालाहरुको केन्द्रस्तरको एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका सरकारमा कार्यरत तरकारी बीउ उत्पादन तथा प्रमाणीकरण गर्ने कार्यालय तथा तरकारी बीउ उत्पादन तथा प्रमाणीकरणसँग सम्बन्धित सरोकारवाला निकायहरुसंगको सहकार्यमा कार्यक्रम भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, राष्ट्रिय फलफुल विकास केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन ईकाई (तरकारीरतरकारी बीउका जोनरसुपर जोन), नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जिन बैंक), नेपाल हर्टिकल्चर सोसाइटी, नेपाल बीउ व्यवसायी संघ, कालिमाटी फलफुल तथा तरकारी बजार विकास समिति, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान,काठमाडौं, कृषि तथा बन विश्वविद्यालय, चितवन, तरकारी बीउ उत्पादन गर्ने संघ तथा प्रदेशका बिभिन्न वागवानी फार्म,प्रदेशस्थित कृषि ज्ञान केन्द्र, बाली संरक्षण प्रयोगशाला, बीउ बिजन प्रयोगशाला, तरकारी बीउ उत्पादन र विकास सँग सम्बन्धित गैर सरकारी संस्थाहरु, बीउ उत्पादक र वितरक बीउ बिजन कम्पनि तथा तरकारी बीउ उत्पादन गर्ने कृषि सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका प्रमुख बासुदेब काफ्लेको अध्यक्षता, कृषि विभागका उपमहानिर्देशक डा।शान्ता कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम सोहि केन्द्रका कृषि प्रसार अधिकृत प्रतिभा खनालले संचालन गरेकी थिइन । कार्यक्रममा ५ वटा कार्यपत्र प्रस्तुत भए।
पहिलो कार्यपत्र राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रका, केन्द्र प्रमुख बासुदेव काफ्लेले तरकारी बीउ उत्पादनको अवस्था तथा प्रमाणीकरणका सवालहरुका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरि, दोस्रो कार्यपत्र नेपाल बीउ व्यवसायी संघका तर्फबाट व्यवस्थापक लाल प्रसाद आचार्यले निजी क्षेत्रमार्फत तरकारी बीउ उत्पादनको अवस्था, बजारीकरणमा भएका प्रयास, बिधमान समस्या र समाधानका उपाय विषयमा प्रस्तुत गरेका थिए ।
त्यसैगरि तेस्रो कार्यपत्र नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि आनुवाशिक स्रोत केन्द्रका प्रमुख डा।बाल कृष्ण जोशीले onservation of native vegetable seed: problems, prospects and strategies विषयमा प्रस्तुत गरेका थिए । तीन वटा कार्यपत्रमाथि उठेका सवालहरुमा छलफल समेत भएको थियो । चौथो कार्यपत्र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत मोहन प्रसाद खतिवडाले तरकारी बीउको गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण प्रक्रिया र अवस्था विषयमा प्रस्तुत गरेका थिए ।
अन्तिम कार्यपत्र भने राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रका बैज्ञानिक डा।रन्जना रावलले( Production status, consumption and Distribution system of source seed (breeder and foundation)विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि उठेका जिज्ञासाहरु तथा तरकारी बीउ उत्पादन तथा प्रमाणीकरण, बजारीकरण र यसमा राज्यको दायित्व, फार्म केन्द्र तथा अन्य निजी क्षेत्रमा उत्पादित बीउको समस्या र सहजीकरणको लागि आवश्यक पहलकाबारे छलफल भएको थियो ।
कार्यक्रमबाट तरकारी बीउको राष्ट्रिय balance sheet तयार गर्नुपर्ने, उत्पादित तरकारी बीउको प्रमाणीकरणका सहजीकरण हुनुपर्ने, तरकारी को जैविक बिबिधता संरक्षण हुने कार्यक्रम संचालन गर्नुपर्ने, तरकारी बीउको व्यवसायीकरण र संरक्षणमा सन्तुलन ल्याउनुपर्ने, आयातित वर्णशंकर जातहरु प्रति कृषकहरुको रुची बढ्दै गएको र स्थानीय तरकारी बीउको बजारमा समस्या आएको कारण उत्पादनकर्तालाई बजारीकरणको समस्या भएको हुनाले रास्ट्रिय आवश्यकता अनुरुपका अनुसन्धानहरुमा जोड दिनुपर्ने कुराहरु प्रमुख रुपमा उठेका थिए।
त्यस्तैगरि भौगोलिक सम्भाव्यताका आधारमा तरकारी बीउ उत्पादन गर्ने पकेटहरु प्रवर्धन गर्नुपर्ने, आयात गरिएका कैयौ जातहरु सुचिकृत नभएका, उत्पादन र समाप्ति मिति नभेटिने अवस्था रहेकोमा नियमनकारी निकायलाई सक्रिय पार्नुपर्ने, बजार क्षेत्रका कृषकहरुलाई अनुदान भन्दापनि गुणस्तरीय बीउ वितरण गर्न सके धेरै समस्या समाधान हुने, ग्रामिण क्षेत्रका बीउ उत्पादक प्रत्यक कृषकलाई उत्पादन सामाग्री, औजार तथा उपकरणमा अनुदानका साथै बजारको ग्यारेन्टी हुन सके तरकारी बीउ उत्पादनको क्षेत्रमा सहयोग पुग्ने कुरा उठेका थिए।
कार्यक्रमले तरकारी बीउ उत्पादन, प्रमाणीकरणसँग सम्बन्धित बिभिन्न नयाँ आयामहरु उजागर गरेको छ। राष्ट्रिय महत्वको यो कार्यक्रमले तरकारी बीउ क्षेत्रलाई अझै सुध्रिढ, सवल र सक्षम बनाउन सहयोग गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाए यो क्षेत्रको विकास गर्न अझै सहज हुने कुरा कार्यक्रमका सहाभागीको तर्फबाट उठेको थियो ।




