२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,०९ पौष: किडस भिलेज स्कुलले शनिबार आयोजना गरेको My Explore Event मा विद्यार्थी भाइबहिनीहरुले कला, संस्कृति र धर्मसँग सम्बन्धित पोशाक, खाना, चाडपर्व र गरगहना जस्ता कुराका साथ साथै बोटबिरुवा सिजन, नेपाली, अंग्रेजी, गणित र ल्याब विषयका पजल गेमहरु र फोहोर व्यवस्थापन जस्ता विविध पक्षलाई समेटी पढेका, देखेका र सुनेका कुरालाई व्यवहारिक रुपमा अभिभावकहरू समक्ष प्रस्तुत गरेका थिए। कक्षा नर्सरीदेखि u.k.g. सम्मका विद्यार्थीहरुको यो प्रयासलाई सबै अभिभावकहरुले औधी रुचाएका थिए।

यस्तो कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै प्रखर वक्ताका रुपमा आफ्ना विचार व्यक्त गर्नसक्ने क्षमताको पनि विकास हुने स्कुलका अध्यक्ष मदन खतिवडाले बताउनुभयो सधैंको पढाइ गृहकार्य कक्षागत कार्यले निराश हुने विद्यार्थीहरुलाई ऊर्जावान भनाई अझै नयाँ कुरा सिक्न यस्तो कार्यक्रमले हौसला दिने स्कुलका सञ्चालक पंकज कुमार जैनले बताउनुभयो। समाजमा रहेका विभिन्न जातजाति धर्म-संस्कृति सबै समान हुन् र यो नै हाम्रो पहिचान र सुन्दरता हो भन्ने कुराको ज्ञान दिन साथै सक्षम र सबल व्यक्तित्वको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको स्कुलका प्राचार्य बिजय दाहालले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!