२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १२ पुष : नेपाली कांग्रेस प्रदेश न , १ संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन गरिएको छ । सर्वसम्मतको प्रयास जारी राख्दै निर्वाचन समिति गठन गरिएको हो ।
बदलिदो राजनीति परिस्थितिमा सकभर सर्वसम्मतबाटै संसदीय दलको नेता छान्ने प्रयास जारी राखिएको सूत्रको दावी छ । यदी त्यस्तो सर्वसम्मत उम्मदेवार चयन हुन नसके प्रजातान्त्रीक प्रक्रृया द्धारा संसदीय दलको नेता छानिने गरि नेताहरु सहमतिमा जुटेका हुन । निर्वाचन समितिको संयोजकमा राष्ट्रिय सभा संसदीय दलका नेता तथा कांग्रेस प्रदेश न, १ समितिका उपसभापति रमेशजंङ्ग रायमाझीलाई तोकिएको छ । समितिका अन्य सदस्यहरुमा उमेश थापा , रोगिना भट्टराई , लक्ष्मी चौधरी नन्दकृमार नेम्बाङ्ग र सदस्य सचिवमा नारायण कोइराला छन ।
निर्वाचन समितिका संयोजक रायमाझीले मनोनयन गर्दा पछि सर्वसम्मतको पहल गरिने बताए । कति उम्मेदवारले मनोनयन दर्ता गर्छन त्यो हेरेर निर्वाचन समिति भरसख सर्वसम्मितमा लाग्ने छ , कुरा मिलेन भने निर्वाचन प्रक्रृयामा लैजाने छौ । संसदीय दलको नेताको निर्वाचन यही पुष १५ गते प्रदेश सभामा हुँदैछ भने मनोनयन दर्ता १४ गतेको लागि राखिएको छ । कुल ९३ प्रदेश सभा सदस्य मध्ये कांग्रेसबाट २९ जना प्रदेश सभा सदस्य निर्वाचित छन ।
कांग्रेस संसदीय दलको नेता बन्न कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल , भीम पराजुली , प्रदेश अध्यक्ष उद्धव थापा र प्रदेश मन्त्री केदार कार्कीको नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!