२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १३ पुस : सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीका कारण धान खेतीमा क्षति पुगेका ३१ जना कृषकरूलाई क्षतिपूर्ति भुक्तानी गरेको छ । कैलालीको भजनी नगरपालिका वडा नं. ३ भित्रका १० वटा कृषक समूहहरूका १ सय जना कृषकहरूको धानबालीमा क्षति पुगेकामा कम्पनीले ३१ जना कृषकहरूलाई क्षतिपूर्ति भुक्तानी गरेको हो ।

गत असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानीको बहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्कभन्दा बढी भई धानबालीमा क्षति पुगेको थियो । बीमालेखअन्तर्गत बीमा गरिएको धानबालीहरूमा पुगेको क्षतिपूर्तिबापत कम्पनीले ४ लाख १ हजार ४ सय ९९ रुपैयाँ भुक्तानी दिएको हो ।

भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिवस तिमल्सेनाले बाढीका कारण धान खेतीमा क्षति पुगेका ३१ जना कृषकहरूलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरेका हुन् ।

परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृतिबाट पाइलटिङ बीमा योजनाका रूपमा जारी गरेको “बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा” कार्यक्रमअन्तर्गत उक्त रकम भुक्तान गरेको जनाएको छ ।

जिल्लाको भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समूहहरूका १०० जना कृषकहरूको ४० हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित “भूमी अनुसन्धान तथा नीति सम्वादका लागि सहकार्यअन्तर्गतको आर्थिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत कैलाली जिल्लाका कृषकहरूको धानबालीको जोखिम बहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो । सोही बीमालेखअन्तर्गत बीमा गरिएका धानबालीहरूमा क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!