विराटनगर१५ पुष : प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षका प्रदेश सांसद उद्धव थापा निर्वाचित भएका छन् ।दलको नेतामा उम्मेदवारी दर्ता गराएका तीन जनामध्ये थापाले १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । कांग्रेस प्रदेश सभापति थापा समानुपातिबाट प्रदेश सांसद भएका हुन् ।संस्थापन इत्तर शेखर कोइराला पक्षका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्यालले २ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले बताए ।




