२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,२० पुस: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतारो नभएको बताउनुभएको छ। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँले प्रष्ट पार्नुभएको हो।

पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिको दृश्य स्पष्ट नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पार्नुभयो।

प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ छ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौं। मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला । तर, अनुहारले मात्रै हुँदैन। त्यहाँ अनेक छन्। के–के गर्छन रु थाहा छैन। हामी पनि नेपालको राजनीतिमा छौं। हामीलाई केही पनि जानकारी छैन। अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के को हतार रु पुस २६ गतेसम्म यो विषय सस्पेन्समै रहोस्। दुनियाँ कुदिरहून्। वास्तवमा यो पार्टीले के भन्छ रु भनेर भनिरहून्। त्यसो हुनाले हामीले हतार नगरेको हो।’’
अध्यक्ष नेपालले भन्नुभयो, ‘‘सबैको रायसुझाव सुनिन्छ। अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ। आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताउनुभयो। उहाँले पार्टीका सांसदलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराउनुभयो। सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराउनु भएको हो।

उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्वीप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिर गर्नुभयो। राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदलाई ह्वीप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ छ।

उहाँले भन्नुभयो, ‘‘हामीलाई सोचेजस्तो परिणाम निर्वाचनमा आएन। कतिपय मान्छेको अनुहार कताकता खिस्रिक्क परेजस्तो देखिएको छ। केको आत्तिएको रु प्रत्यक्ष निर्वाचनबाट आएको हाम्रो सिट सङ्ख्या भनेको १०। संसदमा १० सिट आएको भने पनि संसदमा आएको यसको हैसियत कमजोर छैन।’’

अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!