२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २२ पुस: प्रदेश १ का सांसद जिवनअचार्यले देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्ष तर्फ निर्वाचित माओबादी केन्द्रका सांसद जिवन आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफनै क्षेत्रमा स्थापना भएको र त्यसलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरि स्तरोन्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
नवनिर्वाचित सांसद आचार्यलाई आफनै क्षेत्रको सांसद भएकोमा मनमोहन प्राविधिक विश्वविद्यालयले विहिवार बधाई ज्ञापनगर्दै प्राविधिक विश्व विद्यालयका पदाधिकारीहरुले प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्व बिद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरि स्तरोन्ती गरिदिन आग्रह गरेका थिए ।
सांसद अचार्यलाई बधाई ज्ञापन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु)का उपकुलपति डा सुभाषश्री आचार्यले संघ र प्रदेश सरकार सँगै सबै दल र स्थानिय बासीको सहयोग प्राप्त गरिरहन सके देशकै पहिलो एमटियु केही बर्षमा सार्क स्तरमा परिीचत हुन सक्ने बताए । उनले त्यसका लागि मेडिकल टेक्निोलोजी लगागतका विभिन्न बिषयका कक्षाहरु पठनपाठन थप सुरु गर्न लागेको जानकारी गराए । उनले तुरुन्तै एउटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्य तर्फको पठनपाठन गर्न नसकेको बताए । उपकुलपति पोखरेलले सांसद आचार्यसँग आग्रह गरे , पहिले कोशी कोभिडका रुपमा स्थापना भएको अस्पताल प्राप्त गर्न सके हामी स्वास्थ्यतर्फ प्राविधिकतहको उच्चकक्षाको पठनपाठन गराउन सक्ने थियौ तर हालसम्म तीनबटै मुख्यमन्त्रीबाट आश्वासन मात्रपायौ ।,’
उपकुलपति पोखरेलले देशकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेश १ सरकारको मात्र नभएर संघको पनि गौरब भएकोले थप विषय शैक्षिक कार्यक्रमहरु सञ्चालन र पुर्वाधार विकासमा सहयोगको अपेक्षा रहेको सुनाए । उनका अनुसार एमटियुले चाँडै हेल्थपोलिसी एण्ड मेनेजमेन्ट , रेल्वे र हाईटेक ब्रिज देखी टनेल अनि ईन्फास्टकचरल र्ईन्जिनियरिङ लगायतका विषयहरु पठनपाठन गराउने अन्तिम तैयारी भैरहेको बताए।
बधाई ग्रहण गर्दै सांसद आचार्यले आफुले पढेकै हुर्केको ठाउँमा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयको स्तरारोन्ती गराई अन्तराष्ट्रिय स्तरमा चिनाउने काममा आफु सक्रृय भएर लाग्ने बताए । उनले मनमोहन प्राविधिक विश्वबिद्यालय कुनै एक पार्टी वा नेताको नभएर समग्र देशको भएकोले आफनो तर्फबाट स्तरोन्तीमा सक्दो सहयोग हुन सक्ने प्रतिबद्धता गरे । निर्वाचित सांसद आचार्यले भने , म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरो पनि हो यसैले सबैको योजना अनुसार म अगाडी बढछु ।,’
बधाई कार्यक्रममा प्राविधिक विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सभासद सत्यनारायण चौधरी , राजन केसी , बलभद्र थारु , माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वास लगायतले प्राविधिकविश्वविद्यालयको स्तरोन्ती भएमा सुगम भनेर चिनिए पनि पछाडी पारिएको सिमान्तकृत समुदाय बस्ने पालिकाहरुको मात्र नभएर समग्र देशकै विकासमा योगदान पुग्ने बताए ।
प्रदेश सरकारले २०७६ मा कानुन बनाएर मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्व बिद्यालयमा गत शैक्षिक सत्र देखी स्नातक तहमा सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स बिषयमा पठनपाठन भैरहेको छ । यो विश्व विद्यालयले अगामी दश बर्ष भित्र विभिन्न दश भन्दा बढि प्राबिधिक बिषयमा पिएचडी सम्मको पठनपाठन सुरु गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!