२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं २२ पुस: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल भोगिरहेका रेशम चौधरीको मुद्दा विश्वासको मतपछि टुंग्याउन पहल गर्ने बताएका छन् ।

शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि रेशमको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।
नले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतपछि रेमशमको मुद्दाको बारेमा टुगो लाग्‍नेबारे प्रतिवद्धता जनाउनुभयो। टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्‍याउने पहल आफूले गर्ने बताउनुभयो।

यसकासाथै संसदमा विश्वासको मतपछि निजामती सेवा ऐन लैजाने जसमा थारूको आरक्षणसमेत सुनिश्चित हुने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको महामन्त्री चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!