२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,२९ पुस : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताउनुभएको छ।

शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताउनुभएको हो।

उहाँले सरकारले व्यवसायीको माग र सुझावलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले उद्योगी व्यवसायीले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउनुभयो। मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताउनुभयो।

उहाँले भन्नुभयो,‘‘अहिले नै म यस्तो गर्छु भनेर बोल्दिन। तपाईंहरुले उठाएका विषयलाई छलफल गर्छु। व्यवसायीले दिएका उचिव सुझाव र सल्लाहलाई ग्रहण गरिने छ। मन्त्रालयमा कामको चाङ लागेका छन्। त्यसले गर्दा महासंघले राखेका माग र सुझावलाई ग्रहण गर्दै व्यवसायीलाई निराश हुन नदिने गरी कोशिस गर्छु।’’

उहाँले व्यवसायीको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिवद्धता महासंघलाई जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!