२०८३ बैशाख ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पोखरा २ माघ : पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा शव  निकाल्न कठिन भइरहेको छ । नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका शव आज बिहानैबाट निकाल्न थालिएको छ ।
कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार हिजो बेलुका ६६ वटा शव संकलन गरेको र बाँकी रहेका शव बिहान देखि निकाल्न थालिएको छ । शव संकलनमा नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय जुटेका हुन् ।
विमानमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगि सकिएको छ । बिहान ९ बजेबाट संकलन गरिएका शवको पोष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाइने सिडिओ केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!