२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,४ माघ: जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको सो दलको संसदीय दलको बैठकमा सरकारमा जाने या नजाने विषयमा छलफल गर्दा सो निर्णय गरेको सो दलले जनाएको छ ।

जसपा प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटमा थप समझदारी नभएकाले सरकारमा नजाने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शक्ति बाँडफाँटमा थप समझदारी नभएकाले जसपा सरकारमा नजाने भएको हो ।”

यस्तै, जसपा केन्द्रीय कार्यालयका मुख्य सचिव प्रकाश अधिकारीले यस विषयमा पार्टीमा छलफल भइरहेको बताउनुभयो । अधिकारीले शक्ति बाँडफाँटमा जसपा असन्तुष्ट भएको तर अन्तिम निर्णयमा नपुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!