२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,११ माघ : शिक्षा क्षेत्रमा देखिएको तमाम विकृति र विसंगतिलगायतका दुई दर्जन बढी माग राख्दै अखिल नेपाल राष्ट्रिय स्वतनत्र विद्यार्थी युनियन (क्रान्तिकारी) उर्लाबारी क्याम्पस कमिटि मोरङले ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले बुधबार उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले क्याम्पसको हाताभित्र, धुम्रपान, मध्यपान र मधुजन्य बस्तुको सेवन गरि क्याम्पस भित्र प्रवेशमा रोक लगाउने साथै क्याम्पसको एक मिटर आसपासमा धुम्रपान र मध्यपानको व्यापारमा रोक लगानुपर्ने माग राखेका छन् । यस्तै चमेना गृहको सहि व्यवस्थापन गर्ने र उचित खाजाको रुटिन सहित गुणस्तरमा ध्यान पुयाउने, खाजा, चियाको लागि शिक्षक र विधार्थी नै बाहिरको होटेलमा जाने देखिएको हुदा यस्को अन्त्य गर्ने, शौचालयको सरसफाईमा नियमित ध्यान दिने, विधालयको नियमित सरसफाई गर्ने,शिक्षकको सौचालय र विद्यायार्थीको सौचालयमा समानता आउनु पर्छ माग राखेका छन् ।
यस्तै बार्षिक खेलकुद कार्यक्रमलाई समयमा सम्पन्न गराउने र खेलकुदका सामाग्री पुर्ण रुपमा उपलब्ध गराउनु पर्ने, दक्ष जनशक्ति उत्पादन भै सकेका विद्ययार्थीको विभिन्न क्षेत्रमा रोजगारिको लागि विभन्न रोजगारदाता कम्पनीहरुलाई क्याम्पसमै आउने र दक्ष जनशक्तिको छनोट गर्ने बातावरण बनाउन पहल गर्ने, प्राथमिक स्वास्थ्य उपचारको कक्ष भएता पनि त्यसमा प्रयाप्त औषधि उपचारका सामाग्रीहरु अत्यावस्यक सेनिटरी प्याड, सिटामोल आदि नभएको हुदा त्यसको व्यवस्थापन कम्तिमा १५ दिनमा गर्नु पर्ने, विधार्थीलाई विभिन्न क्षेत्रका अव्बल व्यक्तित्व ल्याई उत्प्रेरणा सम्वन्धि महिनामा १ दिन अनिवार्य सञ्चालन गर्नु पर्ने, शिक्षक नियुक्ति र कर्मचारी नियुक्ति, बढुवामा राजनितिकरण नगर्ने र स्वच्छ प्रतिस्प्रधामा जानु पर्नेलगायतको माग राखेको अध्यक्ष थानेश्वर अधिकारी(आकाष) ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!