२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनर २५ जेष्ठ : उद्योग कृषि तथा सहकारी मन्त्रालयले विराटनगर नगरक्षेत्र भित्र संचालनमा आएका सहकारीहरुको वर्तमान अवस्थाका बारेमा वह्त्त छलफल कार्यक्रमको आयोजना गरेको छ ।
सहकारी संस्थाहरुले आर्थिक समावेशीताको महत्वपूर्ण माध्यमका रुपमा काम गर्दै आएपनि पछिल्लो समयमा सहकारी क्षेत्र आफै संकटमा परेपछि दिगो समाधानका लागि सरोकारबालाहरुलाई राखेर छलफल गरेको हो । मन्त्रालयद्धारा आयोजित विराटनगर नगरस्तरीय कार्यक्रममा सहभागिहरुले सहकारी संस्थाहरुमा अनियमितता , पारदर्शीताको अभाव र संस्थापक सदस्य वा संचालकले लगानीकर्ताको रकम दुरुपयोग गरेको उजुरीहरु दिनानुदिन बढिरहेकोमा चिन्ता व्यक्त गरे ।


त्यस्तै सरकारीस्तरबाट नियमन कमजोर हुनु , सहकारी दोषीलाई ठोस कार्वाही नहुँदा समस्याले जरा गाडदै गएको सुझाव दिए । उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा .शरणकुमार पाण्डेले सहकारी क्षेत्रमा समस्या र चूनौती धेरै रहेपनि यसको निरुपणका लागि मन्त्रालयले आवश्यक कार्य गरिरहेको बताउनु भयो ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तोयानाथ तिम्सिनाले सहकारीको मर्म , सहकारीको आयाम , सहकारीको अवस्था , अवसर , चूनौती र भावी कार्यदिशा र संवैद्यानिक व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विराटनगर नगरक्षेत्रका वडा अध्यक्ष ,सहकारी व्यवस्थापन समितिका सदस्यहरु , सहकारी बैकका प्रतिनिधिहरु तथा मन्त्रालयका कर्मचारीहरु उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!