२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्र चोकमा बस्ने एकै परिवारका ५ जनामा कोरोना संक्रमित भएकामध्ये आमाछोराको मृत्यु भएको छ । इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङकाअनुसार कोरोना संक्रमणबाट ८४ वर्षीया आमाको मृत्यु भएको चार दिनपछि शनिबार ६४ वर्षीय छोराको पनि मृत्यु भएको हो ।

वृद्धाको गत बुधबार विराटनगरस्थित नोवल अस्पतालमा मृत्यु भएको थियो । उनी काठमाडौंबाट दुई साताअघि इनरुवास्थित घर आएकी थिइन् ।वडाध्यक्ष गुरुङले भने, ‘कोरोना संक्रमणकै कारण वृद्धाको मृत्यु भएपछि तत्कालै परिवारका अन्य सदस्यको पनि पीसीआर जाँच गर्दा घरका दुईजना पुरुषबाहेक ६४ वर्षीय छोरा, उनका श्रीमती र दुई छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।’

मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका ६४ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा पनि समस्या देखिएपछि कोसी अस्पतालमा तत्काल भर्ना गरेर उपचाररत अवस्थामा मृत्यु भएको गुरुङले बताए ।

परिवारका अन्य सदस्यहरु कोरोना पोजिटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य भएकाले घरैमा रहेको वडाध्यक्ष गुरुङले बताए ।
श्रोतः ई कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!