
अजय मण्डल
देवानगंज। सुनसरीको देवानगंज गाउँपालिकामा बालविकासको शाखाहरुलाई नेपाल सरकारले तोकिएको तलब भत्ता गाउँपालिकाले नदिनेगरी अटेरी गरेको भन्दै विद्यालय शिक्षक, बाल विकास शिक्षक, कर्मचारी संरक्षक तथा संघर्ष समिति देवानगंजले गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहतालाई ज्ञापन पत्र बुझाएको छ ।
विद्यालय शिाक्ष, बाल विकास, कर्मचारी संरक्षक तथा संघर्ष समितिले गत कात्तिक १५ गतेका बसेको बैठकको निर्णय बमोजिम बाल विकाश शिक्षक, विद्यालय सहायक कर्मचारी र कार्यलय सहयोगीको तलब भत्ता सम्बन्धी आर्थिक वर्ष २०७८/२०८९ मा नेपाल सरकारद्वारा प्रस्तुत गरिएको बजेटको बुँदा नंं २१६ मा व्यवस्था छ । उक्त पुस्तिकाको बुँदा नं९२१६ मा तलब निकाशा दिनुपर्ने उल्लेख हुँदा हुँदै हाल सम्म स्थानीय तह बाट रु. ७००० दिनु पर्ने अस्पष्ट भएको व्यवस्थालाई कार्यान्वयन नगरेको नेपाल शिक्षक संघका संयोजक श्री शिवशंकर मेहताले बताए । चालु आर्थिक वर्षको साउन महिना देखिको तलब निकासाका लागि विद्यालय शिक्षक, बाल विकास, कर्मचारी संरक्षक तथा संघर्ष समितिले माग गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका सदस्य बेचन खत्वेले जानकारी दिनुभयो ।