२०७९ मंसिर २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २५ चैत । भारतको राजधानी नयाँ दिल्लीमा नवरात्रिको अवसरमा मासु पसल बन्द हुँदा चर्को आचोला भएको छ । अधिकांश मासु पसलहरू दुई दिनदेखि बन्द छन् । नौ दिनसम्म मनाइने हिन्दूहरुको पर्व नवरात्रिको अवसरमा स्थानीय अधिकारीहरुको निर्देशनमा मासु पसल बन्द गरिएको भारतीय संचार मात्तयामहरुले जनाएका छन् । तर, मासु पसल बन्द गर्न दिइएको निर्देशनलाई लिएर त्यसको चर्को आलोचना भएको छ ।

महिषासुर र दानवमाथि देवी दुर्गाको विजय उत्सवको रुपमा नवरात्रि मनाइन्छ । नौ दिनको चाडको समयमा हिन्दू भक्तजनहरु सामान्यतया उपवास बस्छन् । उनीहरुले मासु खाँदैनन् भने खानामा लसुन, प्याज प्रयोग गर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!