२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ  २९ मंसिर : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्रान्ड कोर्डन स् दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ । जापानले यसअघि नै घोषणा गरेको सो विभूषण बिहीबार काठमाडौंस्थित जापानी दूतावासले पौडेललाई प्रदान गर्दैछ ।

पौडेलको सचिवालयका अनुसार दूतावासले अपरान्ह ३ बजे सो विभूषण प्रदान गर्ने कार्यक्रम छ । विदेशी नागरिकलाई समेत दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ ।

जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए । पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि गरेका कामको कदर गर्दै जापानले विभूषित गरेको जनाइएको छ । पौडेल नेपाल–जापान संसदीयमैत्री संघका संस्थापकसमेत हुन् ।

 

श्रोत: ई कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!