२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

काठमाडौं,१३ पुस : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ ।

जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूची तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । चुनावी समीक्षा, विधान अधिवेशन, सङ्गठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुनेछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!