२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १४ पुष : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई विहिवार विहान आफ्नै कोइराला निवासमा बोलाएर स्वागत सम्मान गरेका छन । कोइराला परिवारको प्रचलन अनुसार उनले कांग्रेसबाट विजयी भएका २९ प्रदेश सदस्यहरुलाई निम्तो गरि स्वागत गरे ।
मेरो लागि सवै गुट उपगुट होइन कांग्रेस बलियो बन्नु पर्छ डा ।कोइरालाले भने , सवै मिलेर संसदीय दलको नेता सर्वसम्मत बनाउनुहोस ।
प्रदेश नं १ को कांग्रेस संसदीय दलको नेतामा उठ्ने जति सबैलाई आफ्नो समर्थन रहने खुलसा गरे । “यो कांग्रेसभित्रको चुनाव हो उनले थपे , यो वा त्यो समूह भन्दा पनि पार्टीले नै जित्ने हो,” कोइरालाले भनाई थियो ।
अर्को एकप्रसंङ्गमा कोइरालाले “कांग्रेसका सरकारमा नजाँदैमा नखुम्चिने बरु संगठन बलियो भएर जाने बताए । हामी प्रतिपक्षमा बसेर सरकार र सडकमा हामी थप सक्रिय बन्ने छौं ।” हिजो सरकारमो नेतृत्वमा हुँदा कांग्रेसले गरेका गलत कुराको आफूले आलोचना गरेको र अब बन्ने सरकारले गर्ने गलत कामबारे पनि बोल्ने बताए ।

“गलतलाई नै भन्ने हो त्यो आँट राखेर म अगाडि बढेको छु । नेपाली कांग्रेसकै सरकारको गलत कुरा पनि भनिएको हो अब पनि भन्ने हो,” उनले भने ।
नेकपा माओवादी केन्द्रले गठबन्धन छाडेर एमालेसँगको सहयोग लिएर सरकार बनाउनुमा कांग्रेसको पनि कमजोरी भएको बताए । आफूले प्रचण्डसँग कुरा गर्दा प्रधानमन्त्री बन्ने चाहना भएको पाएको बताए । उनले भने,“मैले तत्कालीन प्रधानमन्त्री र हाम्रा पार्टी सभापतिलाई यो कुरा राखेको थिएँ । कहीँ कमजोरीहरु भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!