२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १७ पुस : पहिलो कार्यालयमा टुंगो लाग्ननसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधीरलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन ।
नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको शनिवार समापन कार्यक्रममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवाफदिनु पर्नेमाजोड दिएका हुन ।
प्रदेशको नामाकरण सँगै पाँच बर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारकाट मुक्त्त भएर सबै दलहरुले सहकार्य गरे मात्र प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टि हुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरुको भनाई छ ।
समापन कार्यक्रमा बोल्दै सबै भन्दा ठूलो दल नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीर्ले प्रदेश भडकिलो र खर्चिलो भयो यसको काम छैन खारेज गर्नुपछर्’ भन्ने प्रश्नहरु उठन थालेकोले त्यसलाई गलत बनाउन अबको पाँचबर्ष सबै दलहरुले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले राजनैतिक पार्टीहरु सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त्तभएर एकताको भावनाले कामगर्न सके पाँच बर्षमा प्रदेशसभा विकासका लागि आवश्यक छ भन्ने सहजै  दाबी गरे । नेता राजभण्डारीले पहिलो कार्यकालमा प्रदेशले नामपाउन नसक्दा पनि संघियता विरोधीप्रश्नहरु उठेकोले अब सबै दलहरुले सहमती बनाएर प्रदेशको नामाकरण चाँडै गर्नुपर्नेमा जोड दिए । नेता राजभण्डारीले भने , हामीले सहमती बनाएर तुरुन्तै प्रदेशको नाम राखेनौ भने प्रदेशको काम छैन खारेज गरौ भन्नेहरुलाई बल पुग्छ यसैले पहिले सर्वसम्मतले प्रदेशको नामाकरण गरौ ।,’
काँग्रेस संसदीयदलका नेता उद्धव थापाले प्रादेशिक संरचनागलत हैन सहीहो भन्ने कुरा प्रदेश सभा र सरकारले व्यवहारबाट पृष्टि गर्नुपर्ने चुनौती थपिएकोेले चनाखो भएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । नेता थापाले प्रभावकारी कानुन बनाउन र बनेका कानुनहरु कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सकेमा प्रदेशमा विकासले फडको मार्ने र संघियता गलत हो भन्नेहरुको प्रश्न आफै गलत साबित हुने बताए । नेता थापाले पनि सर्वसम्मत रुपमा प्रदेशको नामाकरण गर्ने दायित्व थपिएकोले चाँडै पुरा गर्नु पर्नेमा जोड दिए । उनले प्रादेशिक संरचनालाई दिगो बनाउन सातवटै प्रदेशको सम्बन्ध प्रगाढ बनाउनुपर्छ भने ।
माओबादी केन्द्रका नेतादुर्गा चापागाँईले निर्वाचितभएका सबै दलका सांसदहरुले पाँचबर्ष चनाखो भएर कामगर्नसके प्रदेश गलतहो भन्नेहरु आफै गलत साबितहुने बताए । उनले भने र्, हाम्रो मुख्यचुनौती नै प्रदेशको औचित्य सार्थक बनाउने हो यसैले हामीले फुटेर हैन जुटेर कामगर्नुपर्छ ।’,
राप्रपा संसदियदलका नेता भक्त्तिप्रसाद सिटौलाएकिकृत समाजबादीका नेताकमलप्रसाद जबेगु र जनता समाजबादीकी निर्मला लिम्बुले विकासका लागि सबै दलहरु एक हुनुको विकल्पनभएको भन्दै आगामी पाँच बर्ष ईमान्दार र पारदर्शी ढंगले कामगर्ने बताए।
नयाँ निर्वाचित ९३ जना सांसदहरुलाई विराटनगरमा भेलागरि प्रदेश १ सभाले १५ र १६ पुसमा अभिमुखिकरण गराएको थियो । अभिमुखिकरणमा संबिधानविद डा विपिन अधिकारीले संघियतामा प्रदेश सभा र सांसदहरुको भुमिका , कानुन निर्माण गर्ने तरिका अनि बिषय समिति निर्माण र निगरानीमा उनीहरुको अधिकारबारे प्रस्ट पारेका थिए । यसैगरि प्रतिनिधि सभाका पुर्व सचिव मुकुन्दआचार्यले प्रदेश सभा सञ्चालन र व्यवस्थापनको प्रकृया र मर्यादलका लागि पालना गर्नु पर्ने आचारणहरुका बारे बुझाएका थिए । यस्तै पुर्व महालेखा प्र्रम्ख सुरेश प्रधानले सार्वजनिक वित्त व्यवस्थापन , बजेट कार्यान्वयन र निगरानी अनि लेखा परीक्षणबारे जानकारी गराएका थिए । संसदिय पत्रकार मञ्च प्रदेश १ काअध्यक्ष गणेश लम्सालले संसदको खुलापन बढाउँदै आम नागरिकहरुको पक्षमा धेरै काम गर्न सांसद , सचिवालय र पत्रकारहरु विच सहकार्य हुनुपर्नेमाजोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!