२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २० पुष:झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका(५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ( ६ भट्टराई चौकबाट स्थानीय २८ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका(७ का २३ बर्षीय बामदेव मिश्रलाई ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!