२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

निशा दाहाल
विराटनगर २१ पुष । करिव ७० बर्षदेखी दुहवी नगरपालिकाको मुख्य सडक क्षेत्र अतिक्रमण गरेर व्यवसाय गरिरहेका सयौ घर , टहराहरु भत्काईने भएको छ । रानी धरान सडक आयोजनाले दुहवी बजार क्षेत्रकै कारण छ लेन सडक विस्तारमा विलम्ब भैरहेको गुनासो गरिरहेको बेला घर टहरा भत्कन नगरपालिका तयार भएर लागेको हो ।

लामो समय विवादले जक्रिएर थन्किएको दुहवी नगरपालिकाको स्वामित्वमा रहेको २ विगाहा जग्गामा बनेका घर टहरा भत्काईने नगर प्रमुख बेदकुमार गच्छदारले बताए । दुहवी नगरपालिकाको यही पुष १४ गते बसेको कार्यपालिका बैठकले जारी गरेको निर्णय तत्कालै कार्यान्व्यनमा ल्याउने पनि प्रमुख गच्छदारले बताए । यो निर्णय पछि सडक अतिक्रमण गरि व्यवसाय गरिरहेका १ सय भन्दा बढी व्यापारीको संरचना भत्किने छ । छ लेन सडक आयोजनाले पिच सडक क्षेत्रको दाँयाँ वाँया २७ मिटर फराकिलो बनाउने योजना ल्याएको छ । नगरपालिकाको यो निर्णयले नगरपालिकाको स्वामित्वमा रहेको २ विगाहा जग्गामा बनेका टहरा भत्एिपनि व्यक्तीका निजी जग्गा अदालतमा रिट परेका कारण अझै टुंगो लागेको छैन ।

विःस २०१३ सालमा भूपालमानसिह कार्कीले दुहवी बजार बसाउने क्रममा पुरानो बजारका व्यापारीहरुलाई त्यस जग्गामा राखेका थिए । राजनीतिक कारणले सधै विवाद परेर भत्किन नसकेको बजार क्षेत्रको घर , टहरा नगरप्रमुख गच्छदारले भत्काउने शाहस गरेका छन । विःस २०३६ साल पछि नगरपालिकाले आफ्नो स्वामित्वमा राखेको हो ।

पुष १४ गते को कार्यपालिकाको निर्णय लगत्तै नगरपालिकाले ३५ दिने सूचना टाँस गरिसकेको छ । दुहवी बजारको पुरानो हिरा होटलदेखी पश्चिम सिचाई कार्यालय सम्म र उत्तर तर्फको धेरै भाग भत्किदैछ । पहिलो चरणमा १३ कठा र दोस्रो चरणमा २७ कठा जमिनमा बनेका छहरा भत्काउने कार्यक्रम नगरपालिकाको छ । बराणसी पशल , खाद्यय पशलहरु , होटलहरु , किराना पशलहरु त्यहाँ संचालनमा छन ।
नगरपालिकाको यो निर्णय पछि बजार क्षेत्रमा हुने ट्राफिक जाम र भिडभाड हटने भएको छ । दुहवी बजारको दाँयाँ वाँया सडक फराकिलो बनाउन अझै केही घर टहरा भत्काउन नगरपालिकाले अदालतको निर्णय पखेर बसेको प्रमुख गच्छदारले बताए । । दुहवी बजारका टहरा भत्काउन नसकेको आरोप खेपिरहेको नगरपालिका यो निर्णयले केही गर्व गर्न लायक बातावरण सृजना भएको छ । बिचौलियाले स्थानीय व्यापारबिाट प्रति पशल २५ देखी ३५ हजार मासिक भाडा अशुली रहेका थिए । नगरपालिकालाई भाडा बापत कुनै रकम दिएका थिएन ।

भिडियो सामग्री –

ARVE Error: Mode: lazyload not available (ARVE Pro not active?), switching to normal mode

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!