२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ माघ: मोरङको सुन्दरहरैचा नगरपालिका १२ स्थित भित्री सडकमा टिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् । हिजो अपरान्ह ४ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो । टिफर र टिफर चालक मोरङ केराबारी गाँउपालिका १० बस्ने ३५ बर्षीय राजकुमार लिम्बु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!