२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१ जेठ: जीवनभर मजदुरी गरेर गुजारा गर्दै आएका कानेपोखरी गाउँपालिका–४ का ६२ वर्षीय धन बहादुर डाँगी केही महिनादेखि गम्भीर रोग हाइड्रोसिलले पीडित थिए। तर आर्थिक अवस्था कमजोर भएकाले उनी उपचार गर्न असमर्थ थिए। पीडामा छटपटाउँदै उनी अन्तिम दिन गनिरहेका थिए।

उनी पीडाले थलिँदै गर्दा स्थानीय समाजसेवी कोपिला कार्कीले डाँगीको अवस्था नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिता शर्मालाई जानकारी गराइन्। जानकारी पाउनेबित्तिकै सांसद शर्माले ढिला नगरी नोबेल मेडिकल कलेजसँग समन्वय गरि डाँगीलाई एम्बुलेन्समा राखेर नोबेल मेडिकल कलेज पुर्‍याइयो । जहाँ अहिले उनको निःशुल्क उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र चाँडै निको हुने सम्भावना छ।

डा. शर्माले अहिलेसम्म आफ्नो सांसद पदको तलब भत्ता नलिने एक्लाे सांसद हुन । उनले देशका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। शिविरबाट उपचार हुन नसक्ने बिरामीलाई उनी काठमाडौँ मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा लगेर उपचारको व्यवस्था मिलाउँछन्। नोबेल मेडिकल कलेजका संचालक समेत रहेका शर्मा निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन ब्यवस्थापन गरेका छन् ।
सांसद शर्माको यो मानवीय कामले “नेता भनेको साँचो अभिभावक हो” भन्ने सन्देश दिन सफल भएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!