२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी ः विवाहित महिलालाई लक्षित सौन्दर्य प्रतियोगिता मिसेस स्टेट २०२५ कोशी प्रदेश सिजन थ्री अन्तर्गतको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

धरान–१८ स्थित गुरुङ गुम्बा परिसरको सभाहलमा शुक्रबार आयोजित ट्यालेन्ट राउन्डमा प्रतियोगितामा सहभागी १८ जना महिलाहरूले आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए । गायन, नृत्य र वक्तृत्वकलाजस्ता विधामा उनीहरूले आफ्नो क्षमता प्रदर्शन गरे ।

प्रतियोगिताको मूल्याङ्कन महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा वरिष्ठ पत्रकार राजेश विद्रोही, नृत्य निर्देशक संघ सुनसरीका अध्यक्ष मनि राई, आउटसाइडर्स ब्याण्डका भोकलिस्ट प्रशान्त शर्मा, लायन्स क्लब डिष्ट्रिक ३२५ सि की लिडर एकता श्रेष्ठ, तथा मिसेस स्टेट सिजन वानकी सेकेन्ड रनर–अप निरा संकरले गरेका थिए ।

निर्णायक राजेश विद्रोहीका अनुसार ट्यालेन्ट राउन्डको नतिजा खामबन्दी गरेर आयोजकलाई बुझाइएको छ । उक्त खाम ग्रान्ड फिनालेको दिन अर्थात् आगामी जेठ १५ गते निर्णायकको उपस्थितिमा खोलिने वुमन्स वर्थ ग्रुपकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिइन ।

विवाहित महिलाको क्षमता अभिवृद्धि तथा व्यक्तित्व प्रदर्शनका लागि आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूलाई कोरियोग्राफर डीजे ललित राईले प्रशिक्षण दिइरहेका छन । उनीहरूलाई धरान–९ स्थित इनलाइट फिटनेस हलमा स्टेज प्रस्तुतीका लागि अभ्यास गराइँदैछ। साथै, शारीरिक, मानसिक तथा व्यक्तित्व विकासका लागि वैशाख २४ गतेदेखि सम्बन्धित विषयका विज्ञद्वारा नियमित प्रशिक्षण भइरहेको आयोजकले जनाएको छ ।

मिसेस स्टेट २०२५ कोशी प्रदेश सिजन थ्रीको विजेताले नगद रु ५१ हजारसहित क्राउन, ट्रफी, गिफ्ट ह्याम्पर, क्रन्च फिटनेसको एक वर्षको निःशुल्क सदस्यता र एक वर्षको जीवन बीमा प्राप्त गर्नेछिन्। फस्र्ट रनर–अपले नगद रु २५ हजार र सेकेन्ड रनर–अपले नगद रु १५ हजारसहित समान उपहारहरू प्राप्त गर्नेछन ।

त्यसैगरी, मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस ब्यूटीफुल, मिसेस फ्रेन्डशिप, मिसेस बेस्ट वाक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, बेस्ट ड्रेस, मिसेस एक्टिभ तथा पिपुल्स च्वाइस अवार्डहरू पनि प्रदान गरिनेछ। ती उपाधिका विजेताहरूले ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।

ग्रान्ड फिनाले धरान–१६ स्थित गुरुङ बीबीक्यु पार्टी प्यालेसमा भव्य रुपमा आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!