इस्लामाबाद, पाकिस्तान : पाकिस्तानकी १७ वर्षीया टिकटक स्टार सना युसुफको जन्मदिनकै दिन, जुन २ मा इस्लामाबादको जी-१३ स्थित घरमै गोली हानी हत्या गरिएको छ। आफन्तको परिचय दिँदै घर छिरेका एक युवकले उनलाई निकै नजिकबाट दुई गोली हानेका थिए, जसबाट घटनास्थलमै सनाको मृत्यु भएको थियो।
प्रहरीका अनुसार, आरोपी पहिल्यैदेखि सानालाई चिनेको व्यक्ति थिए र हत्या पछाडि व्यक्तिगत रिसइवी वा एकतर्फी प्रेमको कारण हुनसक्ने आशंका गरिएको छ। हमलापछि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

सामाजिक सञ्जालमा सानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने महिला सुरक्षाको सवालमा व्यापक बहस सुरु भएको छ।




