२०८३ बैशाख ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी ः विपद उद्धार अभ्यासका क्रममा गत बिहिबार सप्तकोशी नदीमा वेपत्ता भएका दुई जना शसस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये एकजनाको सव शुक्रबार सप्तकोशी नदीको किनारमा भेटिएको थियो भने अर्को एक जनाकोे शव आज आइतबार भेटिएको छ ।
पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनि मुख्यलयममा कार्यरत डोटीका सुरज साउदको आज कोशी व्यारेजको ५५ नम्बरको ढोका नजिकै उनको सब भेटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवत्ता योगराज खतिवडाले जानकारी दिए ।
वेपत्ता भएका साउदको खोजीमा सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद व्यवस्थापन टोली परिचालित गरि खोजी कार्य जारी गरिएको थियो । उनको सब आज बिहान करिब ११ बजे कुरिनटारबाट खटिएको सशस्त्र प्रहरीको टालीले शव निकालेको प्रवत्ता खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!