प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनका लागि ‘व्याण्डभर्सेस ब्राण्ड’ अवधारणालाई आदिवासी जनजाति संघसँग आबद्ध संघ संस्थाहरुले स्वागत गरेका छन् । उनीहरुले आदिवासी जनजातिको परम्परा, संस्कृतिएवं पहिचानको व्यवसायीकरण गर्ने योजनाका रुपमा‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाइलिएको बताएका छन् ।
मन्त्री राईलाई आज ज्ञापन पत्र बुझाउँदै उनीहरुले आदिवासी जनजाति महिलाहरुको ज्ञान, सीप प्रविधितथा रोजगारी सँग जोडिनका साथै आदिवासी जनजातिहरुको जन्म देखि मृत्यु पर्यन्त सम्म पनि प्रयोग हुने धर्म संस्कार संस्कृति सँग नेपाली घरेलु मदिरा जोडिएको बताएका छन् ।
ज्ञापन पत्रबुझाउँदै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश १ अध्यक्ष माया राईले नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै उत्पादित नेपाली घरेलु मदिराको बजारिकरण गरिएको खण्डमा कृषि उत्पादनमा बृद्धि, सोजगारी सृजना, गरिवी न्युनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभावपार्ने बताउनुभयो । उहाँले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणाको उच्चमूल्यांकनगर्नुभयो ।
सामाजिक विकास मन्त्री राईलाई राष्ट्रिय आदिवासीजनजाति महिलामञ्च, राष्ट्रिय जनजातिमहिला महासंघ समन्वय परिषद् सुनसरी, राष्ट्रिय जनजातिमहिला महासंघ समन्वय परिषद् इटहरी, किराँत राई सुम्निमा संघ, इटहरी र किरात राई सुम्निमा संघ प्रारम्भिक कार्यसमितिले संयुक्त रुपमा ज्ञापन पत्रबुझाएको हो । ज्ञापन पत्रबुझ्दै मन्त्री राईले आफुले अघि सारेको काममा साथदिन सवैलाई आग्रहगर्नुभयो । ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सफलभएरै छाड्ने उहाँले बताउनुभयो ।
प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको छ । ४५ दिनको समय अवधिदिएर सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो । उहाँले राष्ट्रिय जनजाति आवद्ध संघ संस्थाका प्रतिनिधिहरुलाई कार्यदललाई आवस्यक सुझावदिएर सहयोग गर्न आग्रहगर्नुभयो ।
राष्ट्रिय आदिवासी जनजातिमहिला मञ्चप्रदेश १ अध्यक्षमाया राईलेप्रदेश १ मा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई पनि ज्ञापन पत्रबुझाउने बताउनुभयो ।




