२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् ।
हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रिफर र चालक धनकुटा सहिद भुमी गाऊपालिका ४ का ३० बर्षीय हेमराज राई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!