काठमाडौं, १२ फागुन । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक बिहीबार उच्च अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से ५८।९९ अङ्कले ओरालो लागेर दुई हजार ६६१।४४ मा ओर्लेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०।३६ ले ओरालो लागेर ५०७।५८ मा ओर्लेको छ। कूल २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर रु चार अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ मूल्यमा खरिद बिक्री भए।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ। बैंकिङ ३०।२७, व्यापार ५०।१९, होटल तथा पर्यटन ४८।२१, विकास बैंक ११५।७२, जलविद्युत् ९०।७२, वित्त ६९।९८, निर्जीवन बीमा २४५।५५, उत्पादन १२९।७३, अन्य ६५।१, लघुवित्त १०९।७९, जीवन बीमा ४१८।९५, सामूहिक लगानी कोष ०।२ र लगानी २।०७ अङ्कले ओरालो लागेको छ।
नेप्सेका अनुसार आजको कारोबारपछि कूल बजार पूँजीकरण रु ३७ खर्ब ६९ अर्ब ६३ करोड १७ लाख ३२ हजार ९६५ बराबर पुगेको छ। कारोबारका आधारमा नेशनल हाइड्रोपावर शीर्षस्थानमा छ। सो कम्पनीको रु २६ करोड ९७ लाख १६ हजार ४१७ बराबरको कारोबार भएको छ। यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण रु २५ करोड ३५ लाख ७२ हजार १२७, जीवन विकास लघुवित्त रु १४ कराड तीन लाख पाँच हजार १४७, अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ९७ लाख ४३ हजार ९४३ र हिमालयन डिस्टिलरी रु १२ करोड ५५ लाख ९९ हजार ४०८ बराबरको कारोबार भई शीर्षस्थानमा रहे।
नेप्सेका अनुसार हिमालयन जनरल इन्स्योरेन्स ९।९१, सनराइज फस्ट म्युचुअल फण्ड १।८९, एनआइबीएल समृद्धि फण्ड दोस्रो १।७६, शिव श्री हाइड्रोपावर १।५६ र नबिल इक्विटी फण्डका लगानीकर्ताले ०।७३ प्रतिशतले कमाए।
त्यस्तै, युनिभर्सल पावर ५।७०, न्यादी हाइड्रोपावर ५।४५, नयाँ सारथी लघुवित्त ५।४३, सिद्धार्थ इन्स्योरेन्स ५।०८ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ४।९५ प्रतिशतले गुमाएका छन्।




