२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तेह्रथुम,०६ पुस :तेह्रथुमको म्याङ्लुङ नगरपालिका-७ स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका-४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । हिजो बिहान प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह-चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!